शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

मुगुको गमगढीमा प्रभु बैंकको ३०६औँ शाखा सञ्चालनमा

मंगलबार, असार ४ २०८१
मुगुको गमगढीमा प्रभु बैंकको ३०६औँ शाखा सञ्चालनमा

यो अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभइ समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडले मुगुको गमगढीमा आफ्नो ३०६औँ शाखा सञ्चालनमा ल्याएको छ।

सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले  मंगलबारदेखि गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

बैंकको गमगढी शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।

शाखा तथा सेवा विस्तार अभियानले देशभरि नै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभइ समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ।

बैंकले हाल देशभर रहेका आफ्ना ३ सय ६ शाखा कार्यालय, २ सय ८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : मंगलबार, असार ४ २०८११५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend