आइतबार, भदौ २३ गते २०८१    
images
images

सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी

images
मंगलबार, असार ४ २०८१
images
images
सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी

नयाँ गन्तव्यहरुको खोजी र अनुसन्धान गरी नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रियरुपमा बजारीकरण गर्नका लागि टानले पछिल्लो समय देशका विभिन्न स्थानीय तहको सहकार्यमा नयाँ पदमार्गको खोजी गरेको छ।

images
images

काठमाडौं- स्थानीय तहले जथाभावी रुपमा मोटरबाटो खन्दा पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी सुरु गरिएको छ।

images
images
images

झन्डै पाँच दशकदेखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले स्थानीय तहले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएको भन्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ पदमार्गको खोजी गरेको हो। नयाँ गन्तव्यहरुको खोजी र अनुसन्धान गरी नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रियरुपमा बजारीकरण गर्नका लागि टानले पछिल्लो समय देशका विभिन्न स्थानीय तहको सहकार्यमा नयाँ पदमार्गको खोजी गरेको छ।

टानका अध्यक्ष नीलहरि बाँस्तोला पर्वतीय पदयात्राको अत्यधिक सम्भावना रहेको नेपालका पदमार्ग सडक सञ्जालको विस्तारका कारण मासिँदै गएकाले टान नयाँ गन्तव्य तथा पदममार्गको खोजीमा जुटेको बताउँछन्। 'पच्चीस दिनबाट १० दिनमा खुम्चिएको राउन्ड अन्नपूर्ण ट्रेलको गरिमालाई पुनर्स्थापना गर्नका लागि वैकल्पिक पदयात्रा मार्गहरुको पहिचान, विकास तथा प्रवर्द्धन गर्नका लागि टानले सरोकारवाला निकायसँग सहकार्य गरिरहेको छ', उनी भन्छन्।

टान पछिल्लो समय सडक सञ्जालको विस्तारका कारण छोटिँदै गएको अन्नपूर्ण सर्किट र मनास्लु सर्किटमा पदयात्रीको पदयात्रा अवधि लम्ब्याउनका लागि गोरखाका बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका साथै लमजुङको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकालाई समेटेर ‘बौद्ध हिमाल-हिमाल चुली ग्रेट लेक सर्किट ट्रेल’ को विकासमा जुटेको छ। उक्त पदमार्ग १८ दिनको हुने टानले जनाएको छ।

images

टानले रामेछापको उमाकुण्ड गाउँपालिकादेखि सोलुखुम्बुको दूधकुण्ड नगरपालिका हुँदै पासाङ ल्हामु गाउँपालिकालाई जोडेर नयाँ पदमार्ग तयार गरिरहेको छ। सुरुको समयमा सगरमाथा उक्त पदमार्ग हुँदै जाने गरेकाले सो पदमार्गलाई टानले विशेष चासोका साथ अगाडि बढाएको हो।

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि टानले ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ निर्माण गरी विकास गरिरहेको छ। यसबाहेक काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा  तिमालबाट चौँरीदेउराली हुँदै सैलुङ जोड्ने पदयात्रा मार्गको विकास र प्रवर्द्धन गरिसकेको छ।

धादिङको गंगाजमुना गाउँपालिकाका सातै वडालाई जोड्ने गरी ‘गंगाजमुना तीनसुरे पदमार्ग’को कामलाई समेत टानले अगाडि बढाइसकेको टानका महासचिव विनोद सापकोटाले जानकारी दिए। उक्त पदमार्गमा संस्कृति र प्रकृतिको अवलोकन गर्न पाइन्छ।

टानका अनुसार नेपाल भ्रमणमा आउने पर्यटकमध्ये झन्डै ३० प्रतिशत पर्यटक पदमार्गका लागि विभिन्न स्थानमा जाने गरेका छन्। टानले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको समन्वयमा नयाँ गन्तव्यको पर्यटन प्रवर्द्धनमा समेत काम गरिरहेको छ।

टानले काठमाडौं उपत्यका वरपरका शिवपुरी, तारेभिर, मूलखर्क चिसापानी, जरसिंहपौवा, ढाव, नगरकोट, साँगा, नमोबुद्ध, फुल्चोकी, गोदावरी, हात्तीवन, फर्पिङ, चित्लाङ, चन्द्रागिरि, रामकोट, नागार्जुन, टोखा, ककनीलगायतका स्थानलाई जोडेर ‘नेपाल मण्डला सर्किट ट्रेल’को विकास गर्ने लक्ष्य लिएको छ। रासस


प्रकाशित : मंगलबार, असार ४ २०८११३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend