शुक्रबार, फागुन २ गते २०८१    
शुक्रबार, फागुन २ २०८१
images
images

सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

images
मंगलबार, असार ४ २०८१
images
images
सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २ सय रूपैयाँ कायम छ भने चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- यो साता आइतबार प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेर सोमबार प्रतितोला ६ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २ सय रूपैयाँ कायम छ।

images
images
images

सोमबार प्रतितोला एक लाख ४१ हजार पाँचसय रूपैयाँ तोकिएको तेजाबी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

images
images

आइतबार सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ८ सय रूपैयाँ कायम थियो।

images
images
images

आइतबार प्रतितोला २० रूपैयाँले बढेर सोमबार २० रूपैयाँले घटेको चाँदी मंगलबार भने प्रतितोला १५ रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य सोमबार प्रतितोला एक हजार ८ सय र आइतबार प्रतितोला एक हजार ८ सय २० रूपैयाँ तोकिएको थियो।


प्रकाशित : मंगलबार, असार ४ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend