शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

मंगलबार, असार ४ २०८१
सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २ सय रूपैयाँ कायम छ भने चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- यो साता आइतबार प्रतितोला एक हजार ६ सय रूपैयाँले बढेर सोमबार प्रतितोला ६ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २ सय रूपैयाँ कायम छ।

सोमबार प्रतितोला एक लाख ४१ हजार पाँचसय रूपैयाँ तोकिएको तेजाबी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

आइतबार सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ८ सय रूपैयाँ कायम थियो।

आइतबार प्रतितोला २० रूपैयाँले बढेर सोमबार २० रूपैयाँले घटेको चाँदी मंगलबार भने प्रतितोला १५ रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य सोमबार प्रतितोला एक हजार ८ सय र आइतबार प्रतितोला एक हजार ८ सय २० रूपैयाँ तोकिएको थियो।


प्रकाशित : मंगलबार, असार ४ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend