आइतबार, भदौ २३ गते २०८१    
images
images

अरुण बेसिनका दर्जनौँ परियोजना ‘होल्ड’ गर्ने दाउमा भारतीय कम्पनी सतलज

माथिल्लाे अरुणसहित ३ हजार १ सय ५० मेगावाट विद्युत उत्पादनकाे प्रक्रिया तत्काल थाल्दै

images
मंगलबार, असार ४ २०८१
images
images
अरुण बेसिनका दर्जनौँ परियोजना ‘होल्ड’ गर्ने दाउमा भारतीय कम्पनी सतलज
images
images

काठमाडौं- अरुण तेस्रो परियोजनाबाट नेपालको जलविद्युतमा लगानी गर्न भित्रिएको भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन लिमिटेड) अरुण बेसिनका सबै परियोजना निर्माणमा अग्रसर भएको छ।

images
images
images

भारतीय सरकारी कम्पनी सतलजले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ। जसको सुरुङको ‘ब्रेक थ्रु’ गएको सातामात्रै भएको थियो। यसमा अर्को वर्षभित्र बिजुली बाल्ने तयारी छ।

सतलजले ६७९ मेगावाटको तल्लो अरुण र ४९० मेगावाटको अरुण-४ जलविद्युत आयोजना पनि पाएको छ। अरुण-४ जलविद्युत आयोजना संखुवासभाको अरुण नदीमा प्रस्तावित छ।

अहिलेसम्म अरुण बेसिनमा मात्रै २ हजार ६९ मेगावाट निर्माणको जिम्मा लिएको सतलजले १ हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण परियोजना निर्माणको पनि प्रस्ताव गरेको छ। विश्व बैंक भित्रिने अन्तिम तयारी गरेसँगै माथिल्लो अरुणको जिम्मा दिन भारतीय पक्षले प्रस्ताव गरेको छ। 

images

नेपाल विद्युत प्राधिकरणले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा निर्माणको अन्तिम तयारी गरिरहेका बेला भारतीय पक्षले माथिल्लो अरुणको जिम्मा आफूलाई दिन आग्रह गरेको थियो।

भारतमा तेस्रोपटक प्रधानमन्त्री निर्वाचित भएका नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुईदिने भ्रमणमा नयाँ दिल्ली गएका थिए। दाहाललाई समेत माथिल्लो अरुण भारतलाई दिन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रस्ताव गरिएको थियो।  

९ सय मेगावाट क्षमताको अरुण तेस्रोबाट २८ वर्षअघि बाहिरिएको विश्व बैंक १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुणमा लगानी गरेर जलविद्युतमा भित्रिने अन्तिम तयारी गरिरहेको थियो। भारतीय कम्पनी सतलजले प्रसारण लाइन, सडक पूर्वाधारसमेत खडा गरिसकेकाले अरुण मात्रै नभएर उक्त बेसिनका सबै आयोजना निर्माणमा चासो दिएको छ। 

सतलजले परियोजनास्थलबाट ढल्केबर सबस्टेशनसम्म बिजुली लैजान प्रसारण लाइन बनाउनुका साथै भारतमा निर्यात गर्न नेपाल-भारत अन्तरदेशीय प्रसारण लाइन पनि बनाउँदै छ। सोही कारण पनि माथिल्लो अरुणसहित आधिकांश परियोजनामा भारतीय पक्षको चासो रहेको छ।  

अरुण तेस्रोपछि दर्जन परियोजनामा सतलजको नजर 

अरुण तेस्रो आयोजनाको शिलान्यास २०७५ बैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गरेका थिए।

९ सय मेगावाट क्षमताको आयोजनाबाट उत्पादित कुल विद्युतको २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट बिजुली निःशुल्क नेपालले पाउने छ। सोही मोडलमा माथिल्लो अरुण निर्माण गर्ने भारतको योजना छ।

सोही सर्तअनुसार माथिल्लो अरुण निर्माण भएका नेपाललले २ सय २४ मेगावाट बिजुली माथिल्लो अरुणबाट निःशुल्क पाउने छ। १ हजार ६३ मेगावाट क्षमताको आयोजना पनि भारतीय कम्पनी सतलजले पाएमा सतलजले अरुण करिडोरमा मात्रै ३ हजार १ सय ५० मेगावाट बिजुली उत्पादन गर्ने छ।

आयोजना स्थलबाट भारत लैजानका लागि २ सय १० किमि लामो ७ सय केभीए क्षमताको प्रसारण लाइन निर्माण पनि गरिने छ। भारतीय सरकारी कम्पनी सतलजले कोशी बेसिनमा रहेका दर्जन परियोजना १८ हजार ६ सय ३२ मेगावाट क्षमताका परियोजना रहेका छन्। १ हजार ६३ मेगावाटको माथिल्लो अरुण, ९ सय मेगावाटको तेस्रो अरुण सतलजले, ६ सय ७९ मेगावाटको तल्लो अरुण र ४ सय ९० मेगावाटको अरुण-४ जलविद्युत आयोजनासँगै अन्य परियोजनमा समेत भारतीय नजर रहेको छ। 

कोशी प्रदेश बेसिन रिभरमा अरुण १ मा १३४ मेगावाट, अरुण २ मा १९७ मेगावाट, अरुण ३ मा ४६७ मेगावाट र अरुण ४ मा १७३ मेगावाट क्षमता रहेको छ।

त्यस्तै अरुण ५ मा ७३७ मेगावाट, सप्तकोशी ८ हजार ८ सय ८१ मेगावाट, सुनकोशी १ मा ३ हजार ४१ मेगावाट, सुनकोशी २ मा १११ मेगावाट र तमोरमा १७ सय २ मेगावाट बिजुली उत्पादन क्षमताका परियोजना प्रस्तावित छन्। 

जलविद्यतुमा विश्व बैंक भित्रिन लागेपछि झस्कियो भारत, माथिल्लो अरुण पनि आफै लिने प्रस्ताव जलविद्यतुमा विश्व बैंक भित्रिन लागेपछि झस्कियो भारत, माथिल्लो अरुण पनि आफै लिने प्रस्ताव


प्रकाशित : मंगलबार, असार ४ २०८११६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend