शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

५ लाख ८५ हजार रूपैयाँ डाउन पेमेन्टमै जीएसी आयोन वाई ईभी खरिद गर्न सकिने

images
सोमबार, असार ३ २०८१
images
images
५ लाख ८५ हजार रूपैयाँ डाउन पेमेन्टमै जीएसी आयोन वाई ईभी खरिद गर्न सकिने

यस अफरमा १ वर्षको बीमा र पहिलो १ वर्षको सडक करको भुक्तानी जस्ता निःशुल्क सुविधाहरू पनि समावेश छन्।

images
images

काठमाडौं- जीएसी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले नयाँ अफर ल्याएको छ। कम्पनीले आयोन वाईको खरिदमा अविश्वसनीय अफरको घोषणा गरेको हो।

images
images
images

हालै नेपालमा बिक्री सुरु भएको आयोन वाई अब ५ लाख ८५ हजार रूपैयाँ न्यूनतम डाउन पेमेन्टमा उपलब्ध हुने भएको छ।  यो अफरले आयोन वाई एसयूभी खरिद गर्ने उपभोक्तालाई निकै पहुँचयोग्य बनाएको छ।

यस बाहेक ग्राहकहरूले आफ्नो पुरानो सवारी साधनमा दिएर आयोन वाई खरिद गर्दा २ लाख रुपैयाँसम्म टप-अपबाट प्राप्त गर्दै निश्चित एक्सचेन्ज फाइदा लिन सक्छन्। साथै आयोन वाईको खरिदमा थप २ लाख रूपैयाँसम्मको नगद छुटको पनि सुविधा रहेको छ।

images

यो विशेष अफरका फाइदाहरु यतिमा मात्र सीमित छैनन्। यस अफरमा १ वर्षको बीमा र पहिलो १ वर्षको सडक करको भुक्तानी जस्ता निःशुल्क सुविधाहरू पनि समावेश छन्। जसले ग्राहकहरूलाई यस आधुनिक एसयूभीले दिने सहजता र सुलभतालाई थप बढावा दिन्छ।

images

आयोन वाई दुई चार्जरहरू घरायसी प्रायोजनका लागि ७ किला र २ किलोवाट ट्राभल चार्जरसहित उपलब्ध हुन्छ। जसले गर्दा घरमा होस् वा लामो यात्रा गर्दा चार्जिङको समस्या भने हुने छैन।

यो योजना पूर्वबजेट मूल्यमा सीमित समयको लागि उपलब्ध छ। जसले ग्राहकहरूलाई उच्च गुणस्तरको, भरपर्दो आयोन वाई अपराजेय मूल्यमा प्राप्त गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ। 


प्रकाशित : सोमबार, असार ३ २०८११३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend