शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार, असार ३ २०८१
प्रतितोला ६ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार प्रतितोला २० रूपैयाँले महँगिएको चाँदी पनि सोमबार प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- आइतबार प्रतितोला एक हजार ६ सयले बढेको सुनको मूल्य सोमबार प्रतितोला ६ सय रूपैयाँले घटेको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार पाँचसय रूपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन आइतबार एक लाख ४२ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार प्रतितोला २० रूपैयाँले महँगिएको चाँदी पनि सोमबार प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय २० रूपैयाँ तोकिएको थियो।


प्रकाशित : सोमबार, असार ३ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend