शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

प्रधानमन्त्री दाहालले गोरखामा लगे वैकल्पिक सहायक राजमार्गको ५२ करोड बजेट

images
सोमबार, असार ३ २०८१
images
images
प्रधानमन्त्री दाहालले गोरखामा लगे वैकल्पिक सहायक राजमार्गको ५२ करोड बजेट

आयोजना विशेषभन्दा पनि समग्र कार्यक्रमकै लागि बजेट राख्ने र त्यसबाट नेता विशेषको क्षेत्रमा टुक्रे कार्यक्रम आउने गरेका छन्। यसरी हुने विनियोजनले वित्तीय अनुशासनलाई खलबल्याउने भन्दै आलोचना हुँदै आएको छ।

images
images

काठमाडौं- विभिन्न आयोजनाको समूहलाई एउटै शीर्षकमा विनियोजन हुने वैकल्पिक सहायक राजमार्गको ५२ करोड रुपैयाँ बजेट गोरखा जिल्लामा गएको छ।

images
images
images

मन्त्री, प्रधानमन्त्री तथा प्रभावशाली नेताहरूको क्षेत्रमा बजेट विनियोजन गर्नका लागि बनाइने यस्ता आयोजनाका लागि प्रत्येक बजेटमा यसैगरी विनियोजन हुँदै आएको छ।

आवश्यकताका आधारमा औचित्यपूर्ण विनियोजनभन्दा शक्तिका आधारमा बजेट खन्याउने चलनलाई योपालि पनि दाहाल नेतृत्वको सरकारले निरन्तरता दिएको छ।

images

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत कुल १० अर्ब ५६ करोड रुपैयाँको बजेटमध्ये गोरखा जिल्लामा मात्रै ५२ करोड बजेट गएको छ।

images

दुईवटा निर्वाचन क्षेत्र भएको गोरखा क्षेत्र नम्बर २ बाट वर्तमान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहाल निर्वाचित भएका हुन्। उनले २०७९ मंसिरमा भएको निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्दै निर्वाचन जितेका थिए। गोर्खा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रसेका राजेन्द्र बजगाईँले जितेका थिए।

दाहालले गोरखालाई आफ्नो पकड क्षेत्र कायम राख्नकै लागि बजेट खन्याउने काम गरेका छन्। वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गतका ८ सय ८९ वटा आयोजनमध्ये करिब ४ दर्जन आयोजना गोरखाकै छन्।

अधिकांश गाउँका स्थानीय सडकलाई पनि वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा राखिएको छ। सबै स्थानीय सडकलाई राजमार्ग विकास कार्यक्रममा जोडिएको छ

अधिकांश सडकका १ करोड रुपैयाँ छुट्याइएको छ। कतिपय आयोजनामा १ अर्ब ७१ करोड रुपैयाँ र कतिपयमा १ अर्ब ६२ करोड रुपैयाँसमेत छुट्याइएको छ। सबैभन्दा बढी २ वटा आयोजनामा साढे २ करोड रुपैयाँसमेत बजेट छुट्याइएको छ।

विकास कार्यक्रमका लागि भएको १० अर्ब ६५ करोड रुपैयाँ बजेटको ५ प्रतिशत बजेट गोरखामा मात्रै गएको छ।

यसमा ५२ करोड रुपैयाँ बजेट गोरखामा गएको छ। आयोजना विशेषभन्दा पनि समग्र कार्यक्रमकै लागि बजेट राख्ने र त्यसबाट नेता विशेषको क्षेत्रमा टुक्रे कार्यक्रम आउने गरेका छन्। यसरी हुने विनियोजनले वित्तीय अनुशासनलाई खलबल्याउने भन्दै आलोचना हुँदै आएको छ। 

गोरखामा रहेका आयोजनाको नाम र विनियोजित बजेट

- धावा कोया भञ्ज्याङ् जोड्ने सडक - १ करोड २८ लाख २५ हजार 

- रामशाहघाट मनकामना बजार जुम्लिचौतारा तिनमाने सडक सहिद लखन- १ करोड ६२ लाख

- बुट्टार मकैसिङ साधिखोला सडक स्तरोन्नति तथा कालोपत्रे - १ करोड 

- बेनिघाट धवादिघाट ज्यामिरेघाट फिस्लिङ्ग हुँदै बुट्टार रवर उधोग गण्डकी गा पा, सहिद लखन गा पा गण्डकी गा पा - १ करोड

- भिसी थमन मार्ग - १ करोड 

- आरुघाट, आरुपोखरी, देउराली ताकुकोट चनौटे जौबारी सडक - १ करोड ६२ लाख

- झिंगटे अश्राङ्ग, नारायणपुर, बोर्लाङ्ग आरुघाट सडक -१ करोड

-आहाले भन्ज्याङ खान्चोक भन्ज्याङ सडक - १ करोड

- कोयापानी ताराखसे सिमलफेद (दुल्लभ मार्ग ) गोरखा - १ करोड

- भिमसेनथापा चक्रपथ सडक - १ करोड

- लक्ष्मी बजार लुदिखोला तिनमाने बतासे फुजेल भैरवीथान दलभन्ज्याङ सानो दर्बुङ्ग बेनिगाउ सिउरेनिटार सडक - १ करोड

- चनौटे ताकु देउराली आरुपोखरी आरुघाट सडक - १ करोड 

- सिर्दिवास फिलिम चुम्चेत छेकम्पार ङुईला भन्ज्याङ सडक - ३ करोड

- सोति मान्बु काशिगाउ केरौजा दोभान सडक- १ करोड

- बारपाक लाप्राक गुम्दा माछिखोला सडक - १ करोड

- नाङ्गे ठूलोखेत धावा ४ नं. वडा कार्यालय सडक - १ करोड

- छोटेटार रामपुर खाल्थोक सानोदर्बुङ ग्याजा लाङ्घालिचोक सडक - १ करोड 

- बेनिघाट सिउरेनिटार  दर्बुङ्गफाट ढावे माझिटार घाटबेसी आरुघाट सडक स्तरोन्नति -१ करोड

- बुट्टार मकैसिङ् ताङ्लिचोक सडक पिच गर्ने- २ करोड

- तिनमाने जुम्लिचौतारा भातिचौर हुँदै मनकामना मैदान सडक कालोपत्रे सहिद लखन गा पा - १ करोड

- सहिद लखन ९ नाम्जुङ घैरुङ बतासे सडक कालोपत्रे- १ करोड

- झिंगटे अश्राङ्ग बोर्लाङ्ग घाटबेसी आरुघाट सडक - १ करोड


प्रकाशित : सोमबार, असार ३ २०८१११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend