शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कालीकोटको मान्ममा प्रभु बैंकको ३०५औँ शाखा सञ्चालनमा

आइतबार, असार २ २०८१
कालीकोटको मान्ममा प्रभु बैंकको ३०५औँ शाखा सञ्चालनमा

सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ सेवा पुर्‍याउन बैंकले शाखा सञ्जाल विस्तार गरेको हो।

काठमाडौं- प्रभु बैंक लिमिटेडले कालीकोटको मान्ममा आफ्नो ३०५औँ शाखा सञ्चालनमा ल्याएको छ।

सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ सेवा पुर्‍याउन बैंकले शाखा सञ्जाल विस्तार गरेको हो। यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभइ समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने बैंकको विश्वास छ।

बैंकको मान्म शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बैंकको विश्वास छ।

बैंकले देशभरका ३ सय ५ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ।


प्रकाशित : आइतबार, असार २ २०८११६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend