शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सेयर बजारमा साताको पहिलो कारोबार ओरालोतिर

आइतबार, असार २ २०८१
सेयर बजारमा साताको पहिलो कारोबार ओरालोतिर

काठमाडौं- गएको साता समग्रमा ३४.३६ अंकले बढेको बजार यो साता पहिलो कारोबारमा नै ओरालोतिर लागेको छ। सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै सेयर बजारमा ओरालो गति नै बढी देखिएको छ। 

आइतबार १७.०४ अंकले घटेर बजार २०९५.२५ बिन्‍दुमा झरेको छ। ६४ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ। १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारमा आइतबार ४.५९ अंकले घटेको बजार सोमबार ८.९० अंक, मंगलबार ३३ अंक र बुधबार पनि ६.३७ अंकले बढेको थियो। बिहीबार भने ९.३२ अंकले घटेको थियो। 

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर भइरहेको हो। लामो समयदेखि बजार उतारचढावबीच २१०० बिन्दुकै आसपासमा छ। 

विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भने छन्।


प्रकाशित : आइतबार, असार २ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend