शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

बागमती प्रदेशले लगायो 'प्याकेजिङ'का वस्तुमा वातावरणीय सेवा शुल्क

आइतबार, असार २ २०८१
बागमती प्रदेशले लगायो 'प्याकेजिङ'का वस्तुमा वातावरणीय सेवा शुल्क

काठमाडौं- बागमती प्रदेशले आगामी आर्थिक वर्षको बजेटमार्फत वातावरणीय सेवा शुल्क लगाउन सुरु गरेको छ।

प्रदेशले मदिराजन्य, हल्का पेय पदार्थ, सुर्ती तथा गुट्खाजन्य पदार्थ, फास्टफुड, खाद्य तथा पेय पदार्थलगायतका वस्तुको प्याकेजिङमा प्रयोग हुने प्लास्टिकका बोतल, पाउच, र्‍यापर, बट्टा र जारमा वातावरणीय शुल्क लगाएको हो। 

ऐनमार्फत वातावरणीय कर लगाउँदै बागमती प्रदेशले प्लास्टिकका सामाग्रीहरु प्रयोगलाई दुरुत्साहन गर्ने नीति लिएको छ।

मदिरा र हल्का पेय पदार्थमा प्रयोग हुने बोलत तथा पाउच, सुर्ती तथा गुट्दाजन्य पदार्थको प्याकेजिङमा प्रयोग हुने पाउच तथा र्‍यापर, फास्टफुटमा प्रयोग हुने चाउचाउ, बिस्कुटलगायतको प्याकेजिङमा प्रयोग हुने प्लाष्टिक बोतललगायतमा प्रतिएकाइ ५ पैसाका दरले वातावरणीय शुल्क लगाएको हो। 

यस्तै खाद्य तथा पेय पदार्थको प्याकेजिङमा प्रयोग हुने प्लाष्टिक जारमा भने प्रतिथान १० पैसाका दरले वातावरणीय शुल्क लगाउने बागमती प्रदेशले घोषणा गरेको छ।


प्रकाशित : आइतबार, असार २ २०८११२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend