आइतबार, भदौ २३ गते २०८१    
images
images

लुम्बिनी प्रदेशले घटायो कृषि आयकर

images
आइतबार, असार २ २०८१
images
images
लुम्बिनी प्रदेशले घटायो कृषि आयकर
images
images

काठमाडौं- लुम्बिनी प्रदेश सरकारले कृषिमा लाग्ने आयकर घटाएको छ।

images
images
images

प्रदेशसभामा प्रस्तुत भएको आर्थिक ऐन २०८१ अनुसार लुम्बिनीले स्वघोषित ५ लाख रुपैयाँसम्मको आयमा शतप्रतिशत छुट दिने व्यवस्था यथवात नै राखेको छ। यसैगरी ५ देखि १० लाखसम्मको हकमा पहिले २ प्रतिशत रहेकोमा त्यसलाई घटाएर अहिले एक प्रतिशतमा झारिएको छ। 

यसैगरी १० देखि १५ लाखको हकमा पहिले ३ प्रतिशत रहेकोमा अहिले २ प्रतिशतमा  झारिएको छ। साथै १५ देखि २० लाखको हकमा पहिले ५ प्रतिशत र त्योभन्दा माथि थप २० लाखमा २ प्रतिशत र त्योभन्दा पनि थपमा ३ प्रतिशत थियो। तर अहिले नयाँमा १५ लाख रुपैयाँमाथि सबैमा ३ प्रतिशत बनाइएको छ।


प्रकाशित : आइतबार, असार २ २०८११२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend