शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

मधेश प्रदेश सरकारले ल्यायो ४३ अर्ब ८९ करोडको बजेट, स्रोत व्यवस्थापनमा २ अर्ब आन्तरिक ऋण

शनिबार, असार १ २०८१
मधेश प्रदेश सरकारले ल्यायो ४३ अर्ब ८९ करोडको बजेट, स्रोत व्यवस्थापनमा २ अर्ब आन्तरिक ऋण

काठमाडौं- मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री भरतप्रसाद साहले ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालु खर्च १६ अर्ब ७ लाख रुपैयाँ र पुँजिगत खर्च २७ अर्ब ८९ करोड रहेको छ।

स्रोत व्यवस्थापनतर्फ आन्तरिक राजस्वबाट  ९ अर्ब  ७ करोड र समानीकरण तथा सर्त अनुदानबाट ११ अर्ब ३५ करोड रहेको छ।

साथै संघीय सरकारको राजस्व बाँडफाँटबाट १३ अर्ब ६० करोड, मौज्दात सञ्चित कोषबाट ७ अर्ब र आन्तरिक ऋण दुई अर्ब हुने मन्त्रीले जनाएका छन्।


प्रकाशित : शनिबार, असार १ २०८१२१:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend