बिहीबार , असार १९ गते २०८२    
बिहीबार , असार १९ २०८२
images
images

कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट

images
शनिबार, असार १ २०८१
images
images
कोशी प्रदेशले ल्यायो ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट

कृषि तथा सहकारी क्षेत्रका लागि प्रदेश सरकारले २ अर्ब ६७ करोड विनियोजन गरेको छ।

images
images

काठमाडौं- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ। शनिबार प्रदेश संसदमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।

images
images

कोशी प्रदेश सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हो। आगामी आवका लागि पूर्वाधार विकासलाई १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

images
images

प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख बजेट खर्च हुने अनुमान प्रदेश सभामा पेश गरेका हुन्। कृषि तथा सहकारी क्षेत्रका लागि प्रदेश सरकारले २ अर्ब ६७ करोड विनियोजन गरेको छ।

images
images
images

कृषिमा कोशी प्रदेशलाई धानको बिउको स्रोत व्यवस्थापन गर्ने, ब्याज अनुदान दिइने, चियाको अन्तराष्ट्रिय सम्मेलन गर्ने, खोरेत नियन्त्रण गर्ने तथा सबै जिल्लामा भेटनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापना गर्ने उल्लेख छ।उनले स्थानीय तहलाई ४ अर्ब ५८ करोड हस्तान्तरण गरिने पनि बताएका छन्।

कोशी प्रदेशले चालु खर्च तर्फ १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख रुपैयाँ विनियोजना गरेको छ। त्यस्तैगरी वित्तीय व्यवस्था तर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै चालु खर्च मध्ये संघीय अनुदान तर्फ ३ अर्ब रुपैयाँ छुट्याइएको छ।

प्रदेशले ४ अर्ब ९८ करोड आन्तरिक राजश्वबाट, त्यस्तै १२ अर्ब ४० करोड राजश्व बाँडफाँडबाट, वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९४ करोड ३२ लाख र सशर्त अनुदानबाट ४ अर्ब १६ करोड ४३ लाख रुपैयाँ अनुमान गरिएको छ।


प्रकाशित : शनिबार, असार १ २०८११७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend