शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जंगल सफारी लजको 'अर्ली बर्ड अफर' : असारमा पनि ३५ प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ३२ २०८१
जंगल सफारी लजको 'अर्ली बर्ड अफर' : असारमा पनि ३५ प्रतिशत छुट

काठमाडौं- चितवन साैराहास्थित जंगल सफारी लजले 'अर्ली बर्ड अफर' सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्राहकले २०८१ असार १ बाट चैत्र ३० सम्म कोठा बुकिङ गर्दा प्रकाशित मूल्यमा ३५ प्रतिशत छुट पाउने छन्। 

यो अफर प्राप्त गर्न ग्राहकले लजकाे अफिसियल वेबसाइटमा क्लिक गरी काेठा बुक गर्नुपर्ने हुन्छ। छुट प्राप्त गर्न ग्राहकहरूले बुकिङ गर्दा फारममा अंग्रेजी अक्षरमा (earlybird) कोड प्रयोग गर्नुपर्ने हुन्छ। 

जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले यो अफर विशेषत: आन्तरिक पर्यटन प्रवर्द्धनका निम्ति ल्याइएकाे बताए। 

`कोभिडपछि अहिलेसम्म पनि पुरानै गतिमा पर्यटन नफर्केकाले यस्ता अफर ल्याएर पर्यटक आकर्षित गर्ने जमर्को गरेका हौं,´ कार्यकारी निर्देशक घिमिरेले भने। 

घिमिरेका अनुसार यो अफर प्राप्त गर्न कम्तीमा ३० दिनअगाडि नै बुकिङ गर्नुपर्ने हुन्छ, तर अर्ली बर्ड अफर असारमा पनि लागु हुनेछ। 

जङल सफारी लजमा ३५ वटा कोठा, सभासम्मेलनका लागि एउटा हलका साथै स्विमिङ पुलको सुविधा रहेको छ।

यो अफरअन्तर्गत ग्राहकले २०८१ चैत्र महिनाको अन्तिमसम्म कोठा बुकिङ गर्न सकिने लजले जनाएको छ।


प्रकाशित : शुक्रबार, जेठ ३२ २०८११४:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend