शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सहकारी संस्था एक महिनाभित्र 'कोपोमिस'मा आबद्ध नभए कारबाही गर्ने विभागको चेतावनी

शुक्रबार, जेठ ३२ २०८१
सहकारी संस्था एक महिनाभित्र 'कोपोमिस'मा आबद्ध नभए कारबाही गर्ने विभागको चेतावनी

एक महिनाभित्र कोपोमिसमा आवद्ध भइ कारोबार प्रविष्ट नगर्ने संस्थालाई कानूनबमोजिम कारबाही गर्ने तयारी रहेको विभागले जनाएको छ।

काठमाडौं- सहकारी विभागले सहकारी संस्थालाई अनिवार्यरुपमा सहकारीसम्बन्धी एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा आवद्ध हुन भनेको छ। 

विभागले पटक-पटक कोपोमिस कार्यान्वयनका लागि निर्देशन जारी गरेपनि सहकारी संस्थाहरूले अटेर गर्दै आएको भन्दै विभागले असन्तुष्टि व्यक्त गरेको छ। 

विभागको निर्देशनको पालना नगरी कोपोमिसमा विवरण प्रविष्ट नगर्ने संस्थाहरूलाई विभागले एक महिनाभित्र अनिवार्यरुपमा आबद्ध हुन आग्रह गर्ने भएको छ। 

एक महिनाभित्र कोपोमिसमा आवद्ध भइ कारोबार प्रविष्ट नगर्ने संस्थालाई कानूनबमोजिम कारबाही गर्ने तयारी रहेको विभागले जनाएको छ।

सहकारी ऐन २०७४ ले सम्पूर्ण सहकारी संस्थाहरूलाई अनिवार्यरुपमा एकीकृत व्यवस्थापन सूचना प्रणालीभित्र आबद्ध हुनुपर्ने व्यवस्था गरेकाले कानूनको पालना गर्न विभागले सहकारी संस्थाहरूलाई भनेको छ। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले समेत कोपोमिस प्रणालीमा आबद्ध हुने विषयलाई महत्वका साथ उठाएकाले उक्त व्यवस्था कार्यान्वयन गर्न सहकारी संस्थाहरूलाई विभागले भनेको हो। 


प्रकाशित : शुक्रबार, जेठ ३२ २०८१०६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend