शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य पुन: स्थिर, चाँदीको सामान्य घट्यो

बिहीबार , जेठ ३१ २०८१
सुनको मूल्य पुन: स्थिर, चाँदीको सामान्य घट्यो

बिहीबार नेपाली बजारमा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ भने सुनको मूल्य स्थिर रहेको छ।

काठमाडौं- बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। 

यो साता आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँले घटेको थियो। सोमबार र मंगलबार स्थिर रहेर बुधबार प्रतितोला ६ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार पुन: स्थिर बसेको हो। 

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९ सय रूपैयाँ तोकिएको छ। सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

बुधबार प्रतितोला पाँच रूपैयाँले बढेको चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रूपैयाँले घटेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता चाँदीको मूल्य आइतबार प्रतितोला ७५ रूपैयाँले घटेर सोमबार स्थिर रही मंगलबार पुन: प्रतितोला १५ रूपैयाँले घटेको थियो। बुधबार भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको थियो।

बुधबार चाँदी प्रतितोला एक हजार एक हजार ८ सय २० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , जेठ ३१ २०८१११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend