शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

सुनको मूल्य पुन: स्थिर, चाँदीको सामान्य घट्यो

images
बिहीबार , जेठ ३१ २०८१
images
images
सुनको मूल्य पुन: स्थिर, चाँदीको सामान्य घट्यो

बिहीबार नेपाली बजारमा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ भने सुनको मूल्य स्थिर रहेको छ।

images
images

काठमाडौं- बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। 

images
images
images

यो साता आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँले घटेको थियो। सोमबार र मंगलबार स्थिर रहेर बुधबार प्रतितोला ६ सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार पुन: स्थिर बसेको हो। 

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९ सय रूपैयाँ तोकिएको छ। सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

images

बुधबार प्रतितोला पाँच रूपैयाँले बढेको चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रूपैयाँले घटेको छ।

images

बिहीबार चाँदी प्रतितोला एक हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता चाँदीको मूल्य आइतबार प्रतितोला ७५ रूपैयाँले घटेर सोमबार स्थिर रही मंगलबार पुन: प्रतितोला १५ रूपैयाँले घटेको थियो। बुधबार भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले बढेको थियो।

बुधबार चाँदी प्रतितोला एक हजार एक हजार ८ सय २० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , जेठ ३१ २०८१११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend