शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कामना सेवा विकास बैंकका ग्राहकलाई थाइरो ल्याब बुटवलमा २० प्रतिशत छुट

बुधबार, जेठ ३० २०८१
कामना सेवा विकास बैंकका ग्राहकलाई थाइरो ल्याब बुटवलमा २० प्रतिशत छुट

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत सेवासुविधा प्रदान गरि रहेको छ।

काठमाडौं- कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित थाइरो ल्याब बुटवल प्राइभेट लिमिटेडसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौताअन्तर्गत बैंकका ग्राहकहरुले उक्त ल्याबले प्रदान गर्ने विभिन्न सेवासुविधामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारणसम्म पुर्‍याउने उद्देश्यले स्थापित उक्त थाइरो ल्याबमा कामना सेवाका ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकको विश्वास छ।

हाल बैंकले आफ्ना १३५ सञ्जाल तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत सेवासुविधा प्रदान गरिरहेको छ।


प्रकाशित : बुधबार, जेठ ३० २०८११५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend