शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

लगातार उकालो लाग्दै सेयर बजार, लगानीकर्ताले भेटेका हुन् भरपर्दो आधार?

बुधबार, जेठ ३० २०८१
लगातार उकालो लाग्दै सेयर बजार, लगानीकर्ताले भेटेका हुन् भरपर्दो आधार?

एकसय १९ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा धरमर भइरहेको बजार उतारचढावबीच यो साता भने लगातार वृद्धितर्फ लागेको छ।

आइतबार सामान्य घटेको बजार सोमबारयता लगातार बढिरहेको छ। सोमबार ८.९० अंकले बढेको बजार मंगलबार ३३ अंकले बढेको थियो। निरन्तर उतारचढावमा रहँदै ओरालो यात्रा नै बढी देखिएको बजारमा बुधबार पनि हरियाली छाएको हो।

बुधबार ६.३७ अंकले बढेर बजार २१२१.६२ बिन्दुमा उक्लिएको छ। एकसय १९ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रूपैयाँको कारोबार भएको छ। आज एकसय ५ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

गएको साता दुई दिन सामान्य वृद्धि र तीन दिन सामान्य घटेको बजार समग्रमा ८.२५ अंकले सुधारतर्फ नै देखिएको थियो। यो साता पहिलो कारोबारमा आइतबार ४.५९ अंकले घटेर बजार २०७३.१९ बिन्दुमा झरेको थियो।

सोमबार ८.९० अंकले बढेर बजार २०८२.०९ बिन्दुमा पुग्दा ५ अर्ब ४९ करोडको कारोबार भएको थियो भने मंगलबार ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा पुगेको बजारमा ५ अर्ब ५५ करोड ५३ लाख रूपैयाँको कारोबार थियो।

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा स्थायी सुधारको आधार स्पष्ट देखिँदैन

विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भने छन्। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।


प्रकाशित : बुधबार, जेठ ३० २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend