शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

बैतडीको देहिमाण्डौमा प्रभु बैंकको ३०३औँ शाखा सञ्चालनमा

बुधबार, जेठ ३० २०८१
बैतडीको देहिमाण्डौमा प्रभु बैंकको ३०३औँ शाखा सञ्चालनमा

प्रभु बैंकले नेपालभर रहेका ३ सय ३ शाखा कार्यालयमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडले बैतडीको देहिमाण्डौमा आफ्नो ३०३औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

बैंकको देहिमाण्डौ शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ।

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ सेवा विस्तार गरेको छ। प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभइ समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ।

प्रभु बैंकले नेपालभर रहेका ३ सय ३ शाखा कार्यालयहरु, २ सय ८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।


प्रकाशित : बुधबार, जेठ ३० २०८११४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend