शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

प्रतितोला ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

images
बुधबार, जेठ ३० २०८१
images
images
प्रतितोला ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको छ।

images
images

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको छ।

images
images
images

यो साता आइतबार प्रतितोला चार हजार रूपैयाँले घटेर सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार पुन: उकालो लागेर प्रतितोला एक लाख ४१ हजार ६ सय रूपैयाँ पुगेको छ।

बुधबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ९ सय रूपैयाँ तोकिएको छ।

images

आइतबार प्रतितोला ७५ रूपैयाँले घटेर सोमबार स्थिर रही मंगलबार पुन: प्रतितोला १५ रूपैयाँले घटेको चाँदीको मूल्य भने बुधबार प्रतितोला पाँच रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, जेठ ३० २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend