शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सीएफमोटोको सर्भिस केयर क्याम्प सञ्चालनमा, यस्ता छन् सुविधा

मंगलबार, जेठ २९ २०८१
सीएफमोटोको सर्भिस केयर क्याम्प सञ्चालनमा, यस्ता छन् सुविधा

बिक्रीपछिको सेवा नै अटोमेटिभ व्यापारको टेवाको नाराका साथ कम्पनीले सीएफमोटोका सम्पूर्ण प्रयोगकर्ताहरुलाई यसरी नै सर्भिस र स्पेयर पार्टसको सेवा निरन्तर दिइरहने जानकारी दिएको छ।

काठमाडौं- सीएफमोटो र जीहो ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले कालोपुलस्थित आफ्नो सर्भिस सेन्टरमा यही जेठ २९ गतेदेखि ७ दिने सीएफमोठा सर्भिस केयर क्याम्प सञ्चालन गरेको छ। 

सीएफमोटो ब्राण्ड युवाहरुमा लोकप्रिय रहेको ब्रान्ड र कोभिडपश्चात विभिन्न कारणले यसको बिक्री तथा सेवामा केही ढिलाइ भएता पनि अहिले नयाँ आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टर नियुक्त भएसँगै कम्पनीले यो पहिलो वृहत सर्भिस केयर क्याम्प सञ्चालन गरेको हो। 

बिक्रीपछिको सेवा नै अटोमेटिभ व्यापारको टेवाको नाराका साथ कम्पनीले सीएफमोटोका सम्पूर्ण प्रयोगकर्ताहरुलाई यसरी नै सर्भिस र स्पेयर पार्टसको सेवा निरन्तर दिइरहने जानकारी दिएको छ।

यस क्याम्पमा सहभागी हुने सीएफमोटो मोटरसाइकल प्रयोगकर्ताहरुले क्याम्प अवधिभर स्पेयर पार्टसमा १० प्रतिशत छुट, फ्रि-वास, लेबर चार्जमा ५० प्रतिशत छुट, लुब्रिकेन्टमा ५ प्रतिशत छुट तथा हरेक दिन लक्की ड्रमार्फत ७ जनाले ७ दिनमा १ वर्षका लागि सीएफमोटोको स्पेयर पार्टसमा १० प्रतिशत छुट पाउने व्यवस्था गरेको छ। 

यसका साथै गोला प्रथामार्फत ७ दिनमा आफ्ना सीएफमोटोका बाइक सर्भिसिङ गराउन आउने ग्राहकहरुमध्ये १ जना बिक्रेताले फ्रि मोटरसाइकल कोटिङ गराउन सक्ने छन्। सीएफामोटोको सर्भिस सेन्टर काठमाडौंको धोविखोलामा छ, जहाँबाट ग्राहकहरुले सर्भिस तथा पार्टसको सुविधा पाउन सक्ने छन्।

सीएफमोटोको एनके २५०, एनके २५०, एसआर २५० जस्ता आकर्षक तथा हाइ पर्फमेन्स मोटरसाइकल नेपाली बजारमा आएको छ। साथ दुईपांग्रे ईभीमा जीहोका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध रहेको छ। 


प्रकाशित : मंगलबार, जेठ २९ २०८११८:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend