शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सेयर बजारमा ३३ अंकको वृद्धि, २०३ कम्पनीको सेयर मूल्य बढ्दा ५ अर्ब ५५ करोडको कारोबार

मंगलबार, जेठ २९ २०८१
सेयर बजारमा ३३ अंकको वृद्धि, २०३ कम्पनीको सेयर मूल्य बढ्दा ५ अर्ब ५५ करोडको कारोबार

मंगलबार ३३.१५ अंकले बढेर बजार २११५.२४ बिन्दुमा पुग्दा ५ अर्ब ५५ करोड ५३ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- निरन्तर उतारचढावमा रहँदै ओरालो यात्रा नै बढी देखिएको सेयर बजार यो साता भने लगातार उकालो लागेको छ।  साताको पहिलो कारोबारमा आइतबार ओरालो लागेको सेयर बजार सोमबार र मंगलबार बढेको हो।

मंगलबार ३३.१५ अंकले बढेर बजार २११५.२४ बिन्दुमा पुग्दा ५ अर्ब ५५ करोड ५३ लाख रूपैयाँको कारोबार भएको छ। दुईसय ३ कम्पनीको सेयर मूल्य बढ्दा मंगलबार ४१ कम्पनीको घटेको छ भने दुईवटा कम्पनीको सेयर मूल्य स्थिर छ।

गएको साता दुई दिन सामान्य वृद्धि र तीन दिन सामान्य घटेको बजार समग्रमा ८.२५ अंकले सुधारतर्फ नै देखिएको थियो। यो साता पहिलो कारोबारमा आइतबार ४.५९ अंकले घटेर बजार २०७३.१९ बिन्दुमा झरेको थियो।

सोमबार ८.९० अंकले बढेर बजार २०८२.०९ बिन्दुमा पुग्दा ५ अर्ब ४९ करोडको कारोबार भएको थियो।

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा स्थायी सुधारको आधार स्पष्ट देखिँदैन। 

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर भइरहेको हो। विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भने छन्। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।


प्रकाशित : मंगलबार, जेठ २९ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend