शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको चौबिस घण्टे नयाँ अफर

मंगलबार, जेठ २९ २०८१
नेपाल र श्रीलंकाको खेलअघि डिशहोम फाइबरनेटको चौबिस घण्टे नयाँ अफर

यो अफर कुनै पनि डिशहोम फाइबरनेटको प्याकेज २४ महिनाको लागि रिचार्ज गर्ने ग्राहकले थप ६ महिनाको सेवा निःशुल्क प्राप्त गर्नेछन् र कुल ३० महिनाको सिमलेस कनेक्टिभिटी प्रदान गर्नेछन्।

काठमाडौं- जारी आईसीसी पुरुष टि-२० विश्वकपमा नेपालले ग्रुप स्टेजअन्तर्गत भोलि बुधबार बिहान ५:१५ बजे श्रीलंकासँग आफ्नो दोस्रो खेल खेल्दै छ।

यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ।

डिशहोमले आज दिउँसो १ बजे ‘आयो गोर्खाली मैदानमा’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को ६-महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो। यो अफर आज दिउँसो १ बजे (जेष्ठ २९ गते) देखि भोलि दिउँसो १ बजे (जेष्ठ ३०) सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ।

यो अफर कुनै पनि डिशहोम फाइबरनेटको प्याकेज २४ महिनाको लागि रिचार्ज गर्ने ग्राहकले थप ६ महिनाको सेवा निःशुल्क प्राप्त गर्नेछन् र कुल ३० महिनाको सिमलेस कनेक्टिभिटी प्रदान गर्नेछन्।

रिचार्ज गर्नको लागि आफू नजिकै रहेको डिशहोमको डिलर दाई कहाँ गइ बिना कुनै झन्झट सजिलै रिचार्ज गरी यस गज्जबको अफरको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ।

साथै अनलाइन पेमेन्ट वालेटहरुमार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

यो विशेष २४ घण्टे अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च-स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।


प्रकाशित : मंगलबार, जेठ २९ २०८११४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend