शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्य आज पनि स्थिर, चाँदीको सामान्य घट्यो

मंगलबार, जेठ २९ २०८१
सुनको मूल्य आज पनि स्थिर, चाँदीको सामान्य घट्यो

सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार पनि कुनै घटबढ भएको छैन। चाँदीको मूल्य भने आज प्रतितोला १५ रूपैयाँले घटेको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।

यो साता आइतबार एकैदिन प्रतितोला चार हजार रूपैयाँले घटेर सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार पनि कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार तीनसय रूपैयाँ तोकिएको छ। सुन आइतबार र सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

आइतबार प्रतितोला ७५ रूपैयाँले घटेर सोमबार स्थिर रहेको चाँदीको मूल्य भने आज प्रतितोला १५ रूपैयाँले घटेको छ।

चाँदी आज प्रतितोला एक हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, जेठ २९ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend