शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

टीभीएस एनओजी राइडको दोस्रो च्याप्टर सम्पन्न

सोमबार, जेठ २८ २०८१
टीभीएस एनओजी राइडको दोस्रो च्याप्टर सम्पन्न

राइडमा हेड मार्सलले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए।

काठमाडौं- टीभीएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा टीभीएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको दोस्रो च्याप्टर सम्पन्न गरेको छ। 

जेठ १३ गते शनिबार आयोजना भएको यस राइड टीभीएस को बानेश्वर शोरूमबाट सुरु भएर ह्वाइट हाउस रिसोर्ट, बोसन डाँडा पुगेर समापन भएको थियो। उक्त राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। साथमा सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो।

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाइ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

टीभीएस को बानेश्वर शोरुमका ओनर श्रीकृष्ण थापाले सबै सहभागीहरूलाई स्वागत गरेका थिए।

टीभीएस की प्रोडक्ट हेड करुणा पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु थियो। उक्त राइडमा हेड मार्सलले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए।

TVS NTORQ.jpg

यो राइडले टीभीएस एनटर्कको लागि एउटा महत्वपूर्ण कोसेढुंगा मात्र नभइ एनटर्क ओनर ग्रुपका राइडरहरू बीचको सद्भावलाई पनि बलियो बनाएको कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, जेठ २८ २०८११८:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend