शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सिटिजन्स बैंकका ग्राहकलाई ‘रियल टाइम फिक्स डिपोजिट’ सुविधा, कसरी लिने (भिडियोसहित)

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २८ २०८१
सिटिजन्स बैंकका ग्राहकलाई ‘रियल टाइम फिक्स डिपोजिट’ सुविधा, कसरी लिने (भिडियोसहित)

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहक आफैले मुद्दती खातामा रकम जम्मा गर्न पाउने सुविधा सार्वजनिक गरेको छ। जसमा बैंकले ‘रियल टाइम फिक्स डिपोजिट’ गर्न पाउने सुविधा ग्राहकलाई दिएको हो।

ग्राहकले आफ्नै कम्प्युटर, मोबाइल वा ल्यापटपबाट घरमै बसीबसी मुद्दती खाता खोल्न मिल्ने बैंकले जनाएको छ।

यो खाता खोल्नका लागि सिटिजन्स बैंकको मोबाइल बैंकिङ एममा ‘लगइन’ गर्नुपर्दछ। त्यसपछि ‘मोर अप्सन’ मा क्लिक गर्नुपर्दछ। त्यसपछि फिक्स डिपोजिट लेखिएको स्थानमा क्लिक गर्नुपर्दछ। त्यसपछि विभिन्न ग्राहक योजनाहरु देख्न सकिन्छ। जसमध्ये आफूले खोल्न चाहेको मुद्दती खाताको योजना र रकम जम्मा गर्ने समय अवधिमा क्लिक गर्नुपर्दछ। 

आफूले जम्मा गर्न चाहेको रकम उल्लेख गरेर सबै प्रक्रिया पूरा गरेपछि आफ्नो इमेल ठेगाना उल्लेख गर्नुपर्दछ। त्यसपछि प्रविष्ठमा क्लिक गर्नु पर्दछ। सबै चेकजाँच गरेपछि मात्रै प्रविष्ठ गर्नुपर्दछ। त्यसपछि आफूले मुद्दती खातामा राखेको विवरण इमेल ठेगनामा आउने बैंकले जानकारी दिएको छ।

सिटिजन्स बैंक इन्टरनेशनलले देशैभरी फैलिएका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १७ लाख ४३ हजार ग्राहकलाई सेवा दिइरहेको जनाएको छ।

भिडियोमा हेर्नुहोस्-


प्रकाशित : सोमबार, जेठ २८ २०८११७:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend