शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सिटिजन्स बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलमा २५ प्रतिशतसम्म छुट

सोमबार, जेठ २८ २०८१
सिटिजन्स बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलमा २५ प्रतिशतसम्म छुट

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगञ्जस्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु संचालनमा ल्याउँदै आएको छ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंक आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख ४९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ।


प्रकाशित : सोमबार, जेठ २८ २०८११६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend