बुधबार, चैत ६ गते २०८१    
बुधबार, चैत ६ २०८१
images
images

सेयर बजारमा सामान्य वृद्धि, ५ अर्ब ४९ करोडको कारोबार

images
सोमबार, जेठ २८ २०८१
images
images
सेयर बजारमा सामान्य वृद्धि, ५ अर्ब ४९ करोडको कारोबार
images
images

काठमाडौं-  साताको पहिलो कारोबारमा आइतबार ओरालो लागेको सेयर बजारमा सोमबार सामान्य वृद्धि देखिएको छ। निरन्तर उतारचढावमा देखिएको सेयर बजारमा गएको सातायता नै उल्लेख्य घटबढ भने हुन सकेको छैन।

images
images

गएको साता दुई दिन सामान्य वृद्धि र तीन दिन सामान्य घटेको बजार समग्रमा ८.२५ अंकले सुधारतर्फ नै देखिएको थियो। यो साता पहिलो कारोबारमा आइतबार ४.५९ अंकले घटेर बजार २०७३.१९ बिन्दुमा झरेको थियो।

images
images

सोमबार ८.९० अंकले बढेर बजार २०८२.०९ बिन्दुमा पुगेको छ। १७६ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ४९ करोडको कारोबार भएको छ। ६१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड, त्रिशुली जलविद्युत् कम्पनी लिमिटेड र पिपुल्प पावर लिमिटेडको सेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा जानकी फाइनान्स कम्पनी लिमिटेडको ८.६७ र बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ५.२९ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ४१ करोड ८७ लाख ६३ हजार २ सय ६ रुपैयाँबराबरको ६ लाख २७ हजार ६ सय ७६ कित्ता सेयर किनबेच भएको छ।

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा स्थायी सुधारको आधार स्पष्ट देखिँदैन। 

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बजार धरमर भइरहेको हो। विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिएको बजारमा केही संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा भने छन्। संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।


प्रकाशित : सोमबार, जेठ २८ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend