आइतबार, भदौ २३ गते २०८१    
images
images

मुस्ताङ भित्रने प्रवेश बिन्दुमा पर्ने थासाङको सेकुङ र भुतर्छो ताल पर्यटकको पर्खाइमा [भिडियो]

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २८ २०८१
images
images
मुस्ताङ भित्रने प्रवेश बिन्दुमा पर्ने थासाङको सेकुङ र भुतर्छो ताल पर्यटकको पर्खाइमा [भिडियो]

पर्यटन विभाग र थासाङ गाउँपालिकाको लागत साझेदारीमा तालको वरपर पैदलमार्ग, सार्वजनिक शौचालयलगायतका पूर्वाधार निर्माण भएको छ।

images
images

म्याग्दी- स्थलमार्गबाट मुस्ताङ जिल्ला भित्रने प्रवेश बिन्दुमा पर्ने थासाङ गाउँपालिका-२ मा रहेको सेकुङ र भुतर्छो ताल पर्यटकको पर्खाइमा छन्।

images
images
images

समुन्द्रि सतहदेखि २ हजार ६ सय ८३ मिटरको उचाइमा सल्ला र धुपीका रुखहरु रहेको जंगलको बीचमा अवस्थित भुतर्छो तालको लम्बाइ करिब पाँच सय मिटर, चौडाइ ५० मिटर र गहिराइ पाँच मिटर छ।

करिब १५० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको सेकुङ ताल समुन्द्रि सतहदेखि २ हजार ७ सय २५ मिटरको उचाइमा अवस्थित छ।

ताल परिसरमा चौरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ। करिब ३० मिनेटको अवधिमा सेकुङदेखि भुतर्छो तालको यात्रा गर्न सकिन्छ।

images

दुईवटै तालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धौलागिरि हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। 

बेनी-जोमसोम सडकको ताङछरदेखि सेकुङ हुँदै भुतर्छो ताल जोड्ने साढे तीन किलोमिटर सडक निर्माण भएको छ।

पर्यटन विभाग र थासाङ गाउँपालिकाको लागत साझेदारीमा तालको वरपर पैदलमार्ग, सार्वजनिक शौचालयलगायतका पूर्वाधार निर्माण भएको छ। सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ। 

सेकुङ र भुर्छतो ताल धवलागिरि आइसफल जाने पदमार्गको प्रवेश बिन्दुमा पर्छ। ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैसी, भेडाबाख्रा र चौरी गोठ रहन्छन्। चलचित्र र गीतका म्युजिक भिडियो छायाँकनका लागि यो ताल नयाँ गन्तव्यस्थल बन्न सक्ने सम्भावना रहेको छ। 


प्रकाशित : सोमबार, जेठ २८ २०८११४:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend