शनिबार, साउन १२ गते २०८१    
images
images
images

वाइ-वाइको 'क्रिकेट स्पेसल एडिसन प्याकेट' बजारमा

१९ वर्षमुनिको महिला टिम तथा समग्र क्रिकेट विकासका लागि ६० लाख रुपैयाँ सहयोगको घोषणा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २८ २०८१
images
images
वाइ-वाइको 'क्रिकेट स्पेसल एडिसन प्याकेट' बजारमा
images

काठमाडौं- सीजी फुड्स नेपाल लिमिटेडद्वारा १९ वर्षमुनिको महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ। 

images
images

विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको लोकप्रिय ब्राण्ड वाइ-वाइ चाउचाउले नेपाल दोस्रो पटक आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरुप 'वाइ-वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट' बजारमा ल्याएको जनाएको छ। 

images

सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो। टी-२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ-वाइको यो प्याकेट विशेष हुने जनाइएको छ।

साथै वाइ-वाइको यस विशेष प्याकेटले नेपाली क्रिकेट टिमलाई थप प्रोत्साहन तथा समस्त नेपाली क्रिकेटप्रेमिहरूमा थप उत्साह ल्याउने विश्वास पनि गरिएको सीजी फुड्सले जनाएको छ।

images

'यस खुसीको अवसरमा विगत लामो समयदेखि पुरुष अन्डर-१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ-वाइले महिला अन्डर-१९ क्रिकेट टिमलाई समेत प्रायोजनाबपत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरि जम्मा ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्नेछ' सीजी फुड्सले भनेको छ। 

पत्रकार सम्मेलनका अवसरमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितिमा क्यानका सचिव पारस खड्‌का र सीजी फुड्सका सीईओ प्रदिप पुडासैनीले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

'विगत दुई दशकदेखि नेपाली क्रिकेटको सहयात्री वाइ-वाइ आगामी दिनहरुमा पनि नेपाली क्रिकेटको विकासका लागि सदैव तत्पर र समर्पित रहनेछ' विज्ञप्तीमार्फत भनिएको छ।

यसअघि वाइ-वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर-८ मा पुग्न सफल भएमा ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रनवापत १ हजार, प्रत्येक चौकावापत ८ हजार, प्रत्येक छक्कावापत १२ हजार, प्रत्येक विकेटवापत १५ हजार, प्रत्येक अर्धशतकवापत ५० हजार, प्रत्येक शतकवापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ।


प्रकाशित : सोमबार, जेठ २८ २०८१११:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend