शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनचाँदीको मूल्य स्थिर

सोमबार, जेठ २८ २०८१
सुनचाँदीको मूल्य स्थिर

यो साता आइतबार प्रतितोला चार हजार रूपैयाँले घटेको सुनको मूल्य सोमबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य उच्च बिन्दुबाट ओरालो लागेर थामिएको छ।

गएको शुक्रबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य यो साता आइतबार प्रतितोला चार हजार रूपैयाँले घटेको थियो। सोमबार भने सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार तीनसय रूपैयाँ कायम रहेको छ। सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

आइतबार प्रतितोला ७५ रूपैयाँले घटेको चाँदीको मूल्य पनि सोमबार स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार ८ सय २५ रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : सोमबार, जेठ २८ २०८११०:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend