शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

ग्लोबल आईएमई बैंकको 'डिजिटल युनिभर्स' सञ्चालनमा

आइतबार, जेठ २७ २०८१
ग्लोबल आईएमई बैंकको 'डिजिटल युनिभर्स' सञ्चालनमा

ग्लोबल आईएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ।

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी काठमाडौंको कमलादीमा छुट्टै लाउन्ज 'डिजिटल युनिभर्स' सञ्चालनमा ल्याएको छ।

आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेसिन, नगद जम्मा गर्ने मेसिन र एटीएम मेसिनजस्ता अत्याधुनिक मेसिनहरु रहेको डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, 'डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ।'

अध्यक्ष ढकालले यो पहल ग्लोबल आईएमई बैंकको आफ्ना ग्राहकहरुलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरुको एक हिस्सा भएको बताए। आज लन्च गरिएको बैंकको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीरुपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खाने उनको भनाइ छ।

आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ। डिजिटल बैंकिङले ग्राहकहरुलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ।

Global IME Bank - Digital Universe - kamakadi.jpeg

ग्लोबल आईएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ।


प्रकाशित : आइतबार, जेठ २७ २०८११७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend