शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

'भरतपुर भम्रण वर्ष २०२४' लक्षित प्रभु बैंक र सौराहाका १६ भन्दा बढी होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

आइतबार, जेठ २७ २०८१
'भरतपुर भम्रण वर्ष २०२४' लक्षित प्रभु बैंक र सौराहाका १६ भन्दा बढी होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

सो सम्झौताबमोजिम प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले ती होटलहरुमा आवासमा ८ प्रतिशतदेखि १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई 'भरतपुर भम्रण वर्ष २०२४' लाई लक्षित गर्दै सौराहामा रहेका विभिन्न होटल तथा रेष्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। 

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेश-५ की प्रमुख सांग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्तारक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

सो सम्झौताबमोजिम बैंकका ग्राहक तथा कर्मचारीहरुका लागि आवासमा ८ प्रतिशतदेखि १५ प्रतिशत तथा खाना र पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्मको छुट प्राप्त हुनेछ।

सपना भिलेज लज, होटल वनबास चितवन, होटल वाइल्डलाइफ क्याम्प, पार्क सफारी रिसोर्ट, चौतारी गार्डेन रिसोर्ट, राहिनो लज एण्ड होटल, होटल रोयल सफारी, दि पार्क सेन्चुरी होटल, ट्राभलर्स जंगल क्याम्प, होटल मिराज, ओपन सेकुवा कर्नर, रिभर भ्यू जंगल क्याम्प, हिमालयन इन, जंगल सफारी लज र रोयल टाइगर लक्जरी होटलमा उक्त छुट पाइने बैंकले जनाएको छ।

प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपूर्ण भरतपुर जिल्ला विभिन्न प्राकृतिक छटाले भरिपूर्ण रमणीय पर्यटकीयस्थलका रुपमा चिनिन्छ। सौराहा, मेघौली, कसरा, देवघाट धामजस्ता रमणीय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ।


प्रकाशित : आइतबार, जेठ २७ २०८११६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend