शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

वृद्धितर्फ बढ्न सकेन सेयर बजार, सामान्य ओरालो लाग्दै ५ अर्ब १८ करोडको कारोबार

आइतबार, जेठ २७ २०८१
वृद्धितर्फ बढ्न सकेन सेयर बजार, सामान्य ओरालो लाग्दै ५ अर्ब १८ करोडको कारोबार

काठमाडौं- गएको साता सामान्य वृद्धि देखिएको बजारमा यो साता भने पहिलो कारोबारमा ओरालो यात्रा देखिइरहेको छ। निरन्तर उतारचढावमा देखिएको सेयर बजारमा गएको सातायता नै उल्लेख्य घटबढ भने हुन सकेको छैन।

गएको साता दुई दिन सामान्य वृद्धि र तीन दिन सामान्य घटेको बजार समग्रमा ८.२५ अंकले सुधारतर्फ नै देखिएको थियो। यो साता पहिलो कारोबारमा आइतबार ४.५९ अंकले घटेर बजार २०७३.१९ बिन्दुमा झरेको छ।   

आइतबार कारोबार रकममा भने सुधार देखिएको छ। लामो समयपछि ५ अर्ब १८ करोड ९० लाखभन्दा माथिको कारोबार भएको बजारमा ९७ कम्पनीको सेयर मूल्यमा हरियाली छाएको छ। १४७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा स्थायी सुधारको आधार स्पष्ट देखिँदैन। 

विश्वासयोग्य वातावरणको खोजी भइरहेको सेयर बजारमा लगानीकर्ताहरूले भरपर्दो आधार नभेट्दा बढी ओरालोतर्फ नै देखिएको हो। विश्लेषकहरू अहिलेको अवस्था पर्ख र हेरमा नै रहेको र अनुमानभन्दा बाहिर बजार गइरहेको बताउँछन्। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहँदा संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।


प्रकाशित : आइतबार, जेठ २७ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend