आइतबार, भदौ २३ गते २०८१    
images
images

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग तेस्रो संस्करण सम्पन्न

images
आइतबार, जेठ २७ २०८१
images
images
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग तेस्रो संस्करण सम्पन्न

उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए।

images
images

काठमाडौं- महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४ - संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

images
images
images

जेठ २२ गतेदेखि २४ गतेसम्म तीन दिन इमाडोलस्थित बलपार्क स्पोर्टस इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने आईसीएफसी फाइनान्स लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ। उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम बैंक, द्वितीय आईसीएफसी फाइनान्स, उत्कृष्ट फिल्डर प्राइम बैंकका विवेक डाली, उत्कृष्ट विकेट-किपर माछापुच्छे बैंकका निशेस केसी, उत्कृष्ट बलर एभरेष्ट बैंकका रोशन महत, उत्कृष्ट ब्याट्सम्यान एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट खेलाडी आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिनालाई ट्रफी प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा बोल्दै राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्रले यस क्रिकेट लिगलगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरुबीच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए। नेपाली क्रिकेटको विकासको लागि सम्पूर्ण संस्थाले आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनसमेत उनले आग्रह गरे।

images

कार्यक्रममा बोल्दै महालक्ष्मी बैंक तथा उक्त कार्यक्रमका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समूह निर्माण गर्न, समुहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्‍याउने हुँदा समयसमयमा यस्ता गतिविधि सञ्चालन गर्न जरुरी रहेको बताए।


प्रकाशित : आइतबार, जेठ २७ २०८११२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend