शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सुनकोशी मरिन डाइभर्सनका लागि १ अर्ब ४० करोड रुपैयाँ थप निकासा

आइतबार, जेठ २७ २०८१
सुनकोशी मरिन डाइभर्सनका लागि १ अर्ब ४० करोड रुपैयाँ थप निकासा

अर्थ मन्त्रालयले बैशाख महिनामा सुनकोशी मरिनसहित विभिन्न शीर्षकहरुमा २ अर्ब ८३ करोड रुपैयाँ बराबरको थप निकासा दिएको छ।

काठमाडौं- अर्थ मन्त्रालयले निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन आयोजनाका लागि १ अर्ब ४० करोड रुपैयाँ थप निकासा दिएको छ।

चालु आर्थिक वर्षका लागि विनियोजित बजेट अपुग भएपछि अर्थ मन्त्रालयले प्रचलिक कानून र स्वीकृत मापदण्डका आधारमा राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनका लागि १ अर्ब ४० करोड रुपैयाँ थप निकासा स्वीकृत गरेको हो। 

अर्थ मन्त्रालयले बैशाख महिनामा सुनकोशी मरिनसहित विभिन्न शीर्षकहरुमा २ अर्ब ८३ करोड रुपैयाँ बराबरको थप निकासा दिएको छ।

संघीय ससद, अदालत, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, अर्थ मन्त्रालय, गृह मन्त्रालय वन तथा वतावरण, भौतिक पूर्वाधार मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र पराराष्ट्र मन्त्रालयको थप निकासा स्वीकृत गरिएको हो। 

भारतीय पूर्वविदेशमन्त्री एस जयशंकर भ्रमणमा आउँदा खर्च भएको ३२ लाख ८७ हजार रुपैयाँको थप निकासासमेत अर्थ मन्त्रालयले स्वीकृत गरेको छ। 

यस्तै बैशाखमा अर्थ मन्त्रालयले २ अर्ब ४० करोड रुपैयाँ रकमान्तर गरेको छ। १ करोड रुपैयाँभन्दा माथिको एक बजेट शीर्षकबाट अर्को बजेट शीर्षकमा उक्त रकम बराबर अर्थ मन्त्रालयले रकमान्तर गरेको हो।

अर्थ मन्त्रालयले बुढीगंगा जलविद्युत आयोजनाको १२ करोड १७ लाख रुपैयाँ बजेट कटौती गरेर नदी नियन्त्रणका लागि रकमान्तर गरेको छ। यस्तै बुढीगंगाकै २ करोड बजेट कटौती गरेर बृहत सरकारी सिँचाइ आयोजनामा पढाएको छ।

बुढीगंगाको ८ करोड ५० लाख बजेट कटौती गरेर बबई सिँचाइ आयोजनामा रकमान्तर गरिएको छ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको वैकल्पिक सहायक राजमार्गको २ करोड २२ लाख रुपैयाँ बजेट कटौती गरेर निर्वाचन क्षेत्र रणनैतिक सडकतर्फ निकासा दिएको छ।

सहरी विकास मन्त्रालयअन्तर्गतको बस्ती सघन सहरी विकास कार्यक्रमको १७ करोड ४५ लाख रुपैयाँ बजेट कटौती गरेर सोही मन्त्रालयको भवन निर्माण संहिता, सरकारी भवन निर्माणमा थपिएको छ।

एकीकृत स्वास्थ्य पूर्वाधार विकासको ६ करोड ५५ लाख रुपैयाँ बजेट कटौती गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रकमान्तर गरिएको छ।


प्रकाशित : आइतबार, जेठ २७ २०८११२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend