शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुनको मूल्यमा भारी गिरावट, आइतबार एकैदिन चार हजार रूपैयाँले घट्यो

आइतबार, जेठ २७ २०८१
सुनको मूल्यमा भारी गिरावट, आइतबार एकैदिन चार हजार रूपैयाँले घट्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ७५ रूपैयाँले घटेको छ।

काठमाडौं- लगातार बढिरहेको सुनचाँदीको मूल्यमा यो साता भने पहिलो कारोबार दिन नै भारी गिरावट आएको छ।

अघिल्लो साता लगातार तीन पटकसम्म कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य यो साता भने ओरालो लागेको हो।

गएको शुक्रबार प्रतितोला एक हजार रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ४५ हजार रूपैयाँ पुगेको सुनको मूल्य आइतबार एकैदिन तोलामा चार हजार रूपैयाँले घटेर प्रतितोला एक लाख ४१ हजार रूपैयाँमा झरेको छ।

आइतबार नेपाली बजारमा तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४० हजार ३ सय रूपैयाँ तोकिएको छ। 

चाँदीको मूल्य आज प्रतितोला ७५ रूपैयाँले घटेको छ। गत शुक्रबार तोलामा ५० रूपैयाँले बढेर प्रतितोला एक हजार ९ सय रूपैयाँ मूल्य पुगेको चाँदी आइतबार प्रतितोला एक हजार ८ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, जेठ २७ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend