शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

पाटा अन्तर्राष्ट्रियको उपाध्यक्षमा सुमन पाण्डे निर्वाचित

पाटामा नेपालको अहिलेसम्मकै उच्च पदमा पुग्ने पहिलो नेपाली

images
शुक्रबार, जेठ २५ २०८१
images
images
पाटा अन्तर्राष्ट्रियको उपाध्यक्षमा सुमन पाण्डे निर्वाचित
images
images

काठमाडौं- एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष सुमन विक्रम पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। 

images
images
images

गत मार्च महिनामा सम्पन्न निर्वाचन प्रक्रियामा पाण्डेका प्रतिस्पर्धी अमेरिकन गुवामका जेराल्ड पेरेज़ले आफ्नो मनोनयन फिर्ता लिएपछि उपाध्यक्षमा पाण्डे निर्विरोध भएका हुन्। पूर्ण कार्यसमितिको नतिजा अनुगमन समितिबाट पेश भएपश्चात आज जुन ७ मा भएको पाटाको साधारणसभाबाट अनुमोदन भएको हो। 

सन् १९७५ देखि सदस्य रहँदै आएको नेपालको पाटामा यो तहको जिम्मेवारीमा पहिलोपटक प्रतिनिधित्व भएको छ। पाण्डे यसअघि २०२० देखि २०२४ सम्म दुई कार्यकाल सचिव तथा कोषाध्यक्षको भूमिकामा रहेका थिए।

images

नेपालको तर्फबाट पाटामा अहिलेसम्मकै माथिल्लो पदमा पुग्ने पाण्डे पहिलो नेपालीसमेत भएका छन्। उपाध्यक्ष भएसँगै प्रतिक्रिया दिँदै पाण्डेले नेपालको पर्यटक क्षेत्रका मूख्य तीन निकाय नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरण नै ध्वस्त भएको बताउँदै पाटाले सहयोग गर्ने बताए।

images

नेपालको पर्यटनमा पाटाले धेरै सहयोग गर्दै आएको र आगामी दिनमा अझै मानव संशाधनको क्षेत्रका झनै सहयोग बढाउने कार्यमा भूमिका खेल्ने उपाध्यक्ष पाण्डेले बताए। 

सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापित भइ १९९८ देखि बैंककमा मुख्यालय रहेको पाटाले एसिया तथा प्रशान्त क्षेत्रका लागि आपसी पर्यटकीय आदानप्रदान वा व्यापार विस्तारको क्षेत्रमा आफ्ना सदस्य राष्ट्रहरूका साथ सहयोग तथा सहकार्यमा संलग्न रही आएको छ। 

सन् १९७५ देखि सदस्य रही आएको नेपालको पर्यटकीय सम्भावनाहरूलाई अन्तर्राष्ट्रिय बजारीकरण तथा स्तरवृद्धिमा पाटाले सक्रिय सहयोग गर्दै आउनुका साथै सन् १९७६ मा पोखराको पर्यटकीय गुरुयोजना, २०१५ को महाभूकम्प पश्चातको संकट निवारण तथा पर्यटन पुनरुत्थान कार्यक्रमका साथै ६ पटकभन्दा बढी साहसिक पर्यटन मेला, सन् २०१७ मा प्रथम हिमालयन ट्राभल मार्टको आयोजनामा सक्रिय सहयोग गर्नुका साथै गतवर्ष वार्षिक साधारणसभा तथा साहसिक पर्यटन बजारको आयोजना गरेर पोखराको सुस्त पर्यटन बजारको पुनरुत्थानमा सहयोग पुर्‍याएको थियो।

आफ्नो ३५ वर्ष लामो व्यवसायिक जीवनमा नेपालको ट्रेकिङ, ट्राभल, हेलिकप्टर, वायुसेवा, होटल, रेस्टुरेन्टलगायत व्यापक विधामा संलग्न सुमन विक्रम पाण्डे ट्रेकिङ एजेन्ट्स एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष, नेपाल पर्यटन बोर्डका सदस्य, एरलाइन् अपरेटर एशोसिएसन अफ नेपालका महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य, पाटा नेपाल च्याप्टरका अध्यक्ष रहनुका साथै विभिन्न पर्यटकीय कार्यक्रम तथा गतिविधिहरूको सञ्चालनमा सक्रिय भूमिका खेल्दै आएका छन्। 

सन् २००९ डिसेम्बर ४ मा कालापत्थरमा भएको नेपाल सरकार मन्त्री परिषद बैठकको मुख्य संयोजनकर्ता पाण्डेको अगुवाइमा सन् २००८ मा नेपालमा स्काई डाइभिङको सुरुवात, नेपालका उच्च हिमाली क्षेत्रमा हेलिकप्टर उडान तथा रेस्क्यु प्रविधिको सुरुवात र उनकै नेतृत्वमा सन् २०१७ मा प्रथम हिमालयन ट्राभल मार्टजस्तो अन्तराष्ट्रिय पर्यटन मेलाको सुरुवात भएको थियो।

सन् २०२६ सम्म कार्यकाल रहने ९ सदस्यीय कार्य समितिका लागि भएको चुनावमा निम्नबमोजिम प्रतिस्पर्धीहरू निर्वाचित भएका थिए।

पाटाको अध्यक्षमा इण्डोनेशियाका  पिटर सिमोन, उपाध्यक्ष नेपालका सुमन पाण्डे, सचिव तथा कोषाध्यक्षमा थाइल्यान्डका एसियन ट्रैलस निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा थाइल्यान्ड बेन मोनटगोमरी, भारतका सञ्जित जैन र सिंगापुरका मयूर पटेल निर्वाचित भएका छन्। 


प्रकाशित : शुक्रबार, जेठ २५ २०८११५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend