शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एनएमबि बैंक 'ग्रीन बैंक अफ द इयर २०२४' अवार्डबाट सम्मानित

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २५ २०८१
एनएमबि बैंक 'ग्रीन बैंक अफ द इयर २०२४' अवार्डबाट सम्मानित

काठमाडौं- एनएमबि बैंक 'ग्रीन बैंक अफ द इयर २०२४' अवार्डबाट सम्मानित भएको छ।

यो सम्मान एनएमबि बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा रहेको र विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, 'डब्लूएसीसी २०२४' मा प्रदान गरिएको बैंकले जनाएको छ।

एनएमबि बैंक वातावरणीय विचारहरूलाई रणनीतिकरुपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको छ।

एनएमबि बैंक विगत २७ वर्षदेखि बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजतपत्र प्राप्त अग्रणी वित्तीय संस्था हो।

एनएमबि दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको बैंक हो।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : शुक्रबार, जेठ २५ २०८११२:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend