शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

प्रतितोला एक हजार रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ २५ २०८१
प्रतितोला एक हजार रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च

चाँदीको मूल्य तोलामा ५० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ८ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

बिहीबार सुन प्रतितोला १ लाख ४४ हजार रूपैयाँमा कारोबार भएकोमा शुक्रबार १ लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ। जुन मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो। 

यस्तै तेजाबी सुन बिहीबार तोलामा १ लाख ४३ हजार ३ सयमा कारोबार भएकामा आज शुक्रबारका लागि १ लाख ४४ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यो साता आइतबार सुनको मूल्य प्रतितोला दुईसय र सोमबार प्रतितोला एक हजार रूपैयाँले घटेको थियो। मंगलबार सुन उच्च बिन्दुमा पुग्दै प्रतितोला १ लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो। बुधबार भने तोलामा पाँचसय रूपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २ सय रूपैयाँ कारोबार भएको थियो। 

यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ८ सय ५० मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ। 


प्रकाशित : शुक्रबार, जेठ २५ २०८११२:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend