शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कमलादीस्थित हेयर एण्ड शान्तिमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

बिहीबार , जेठ २४ २०८१
कमलादीस्थित हेयर एण्ड शान्तिमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंकको कर्मचारी परिचयपत्रसमेत पस गर्नुपर्ने छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौंको कमलादीस्थित हेयर एण्ड शान्ति युनिसेक्स सलोनमा विशेष छुट मिल्ने भएको छ।

बैंक र सलोनबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौेन्द्रर्यसम्बन्धी सेवासुविधामा विशेष छुट दिने सम्झौता भएको हो।

एक समारोहका बिच हेयर एण्ड शान्तिका निर्देशक रामकुमार श्रेष्ठ प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले छुटसम्बन्धी समझदारीमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार हेयर एण्ड शान्तिमा सौन्द्रर्यसम्बन्धी प्रोफेसनल मेकअप, हेयरकट, स्पालगायतका सेवाहरुमा बैंकका ग्राहकहरुले १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणालीमध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंकको कर्मचारी परिचयपत्रसमेत पस गर्नुपर्ने छ।

प्रभु बैंकले हाल देशभर रहेका ३ सय २ शाखा कार्यालय, २ सय ८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : बिहीबार , जेठ २४ २०८११६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend