शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

साइमेक्स इंक र काठमाडौं विश्वविद्यालयबीच क्षमता अभिवृद्धि र रोजगारीसम्बन्धी सम्झौता

बिहीबार , जेठ २४ २०८१
साइमेक्स इंक र काठमाडौं विश्वविद्यालयबीच क्षमता अभिवृद्धि र रोजगारीसम्बन्धी सम्झौता

यसका साथै केयूलाई बीवाईडीले रिसर्च एन्ड डेभलपमेन्टका लागि आवश्यक सवारीका पार्टपुर्जा उपलब्ध गराउने छ। यसले विद्यार्थीहरुलाई सिकाइमा ठूलो मद्दत मिल्नेछ।

काठमाडौं- काठमाडौं विश्वविद्यालय(केयू) र साइमेक्स इंकबीच एमओयू भएको छ। यही साता साइमेक्स र केयूबीच विद्यार्थीहरुको क्षमता अभिवृद्धि र रोजगारीसम्बन्धि सम्झौता भएको हो।

साइमेक्स इंक बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता हो। केयू र साइमेक्सबीच भएको सम्झौतामा स्कुल अफ इन्जिनियरिङका डिन प्राध्यापक मनिष पोख्रेल र साइकेक्स इंकका सीईओ साहिल श्रेष्ठले हस्ताक्षर गरेका हुन्। 

सम्झौताअनुसार केयूको स्कुल अफ इन्जिनियरिङमा बीवाईडी हेडक्वाटरबाट आएको गेस्टले लेक्चर, सेमिनार तथा वर्कशप सञ्चालन हुनेछ। त्यस्तै साइमेक्सले इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुलाई इन्टर्नसिपको अवसर प्रदान गर्नेछ। 

यस्तो अवसर बीवाईडी इन्डिया र नेपाल दुवै ठाउँमा प्रदान गरिने सम्झौतामा उल्लेख छ। यस्तो सम्झौताले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुग्नेछ। 

यसका साथै केयूलाई बीवाईडीले रिसर्च एन्ड डेभलपमेन्टका लागि आवश्यक सवारीका पार्टपुर्जा उपलब्ध गराउने छ। यसले विद्यार्थीहरुलाई सिकाइमा ठूलो मद्दत मिल्नेछ। 

सम्झौताअनुसार केयूले साइसेक्समा रोजगारीको अवसर भएको बारे आफ्ना विद्यार्थीहरुलाई जानकारी गराउने र साइमेक्सले केयूबाट आएका विद्यार्थीहरुलाई रोजगारीको अवसर दिनेछ। 

केयू र साइमेक्सबीच भएको सम्झौता एक पक्षले भंग नगर्दासम्म कायम हुनेछ। एक पक्षता सम्झौता भंग गर्न चाहेमा १ महिनाको सचूना दिएर गर्नसक्ने छ। सम्झौता अवधिभर आन्तरिक सूचनाको गोपनियता कायम राख्नुपर्ने उल्लेख गरिएको छ।


प्रकाशित : बिहीबार , जेठ २४ २०८११३:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend