शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

१९० दिन अगाडि बिग्रिएको 'एयरबस ३२०' को इन्जिन मर्मतमा छैन अत्तोपत्तो, भाडाको इन्जिनमा दैनिक साढे ८ लाख खर्च

वाइडबडी ३३० जहाजको सी-चेकका लागि कम्पनी छनोटको सेटिङमा कार्यकारी अध्यक्ष अधिकारी

images
बिहीबार , जेठ २४ २०८१
images
१९० दिन अगाडि बिग्रिएको 'एयरबस ३२०' को इन्जिन मर्मतमा छैन अत्तोपत्तो, भाडाको इन्जिनमा दैनिक साढे ८ लाख खर्च
images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कल साइन नाइन एन एकेएक्स जहाजको एउटा इन्जिन १ सय ९० दिनदेखि बिग्रिएर बसेको छ।

images
images
images

उक्त इन्जिन अहिले इजरायलमा छ। इन्जिन मर्मतको काम सुरु भएपनि इन्जिन कहिले मर्मत भएर आउँछ त्यसको जानकारी निगमलाई प्राप्त नभएको निगमका प्राविधिक प्रवक्ता दिपेन्द्र पुनले जानकारी दिए। यसबाहेक अन्य विषयमा आफूलाई कुनै जानकारी नभएको पुनले बिजनेस न्युजसँग बताए।

images
images

यो इन्जिन २०२३ को नोभेम्बर ३० मा बिग्रिएको हो। इन्जिन मर्मतमा ढिलासुस्तीकै कारण उक्त जहाज नोभेम्बर ३० देखि अप्रिल २८ सम्म ग्राउन्डेड भएको थियो। यसमा जुन २० मा बिग्रिएको इन्जिन अप्रिलमा मर्मत भएको थियो।

images
images

जुनमा बिग्रिएको इन्जिन सेप्टेम्बर २८ मा मर्मतका लागि इजरायलमा छोडर भाडाको इन्जिन प्रयोग गरेर जहाज उडानमा ल्याइएको थियो। तर भाडाकै इन्जिन प्रयोग गरेर उडानमा रहिरहेको बेला सोही जहाजको अर्को इन्जिन २०२३ को नोभेम्बर ३० बिग्रियो। त्यसपछि जहाज अप्रिल २८ सम्म ग्राउन्डेड भएको थियो। 

सेप्टेम्बरमा मर्मतका लागि दिएर मर्मत भएको इन्जिन अप्रिल २८ मा नोभेम्बरमा बिग्रिएको इन्जिनको ठाउँमा राखेर उडानमा आएको थियो।

जहाज उडान आएपछि व्यवस्थापनले इन्जिन मर्मतमा कुनै चासो दिएको छैन। इन्जिन मर्मत नहुँदा दैनिक साढे ८ लाख थप खर्च भइरहेको छ। जहाजमा प्रयोग भएको इन्जिनको दैनिक २ हजार भाडा रहेको छ। यसैगरी प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २ सय ३९ डलरमा जहाज उडान गरिरहेको छ। 

निगमको नाइन एन एकेएक्स जहाज अहिले सरदर दैनिक १३ घण्टा उडिरहेको छ। यसैगरी जहाज दैनिक ३ साइकल उडान हुन्छ। यो हिसाबमा निगमको जहाज उडानमा दैनिक ३ हजार ३ सय ३१ डलर खर्च भइरहेको छ। तर व्यवस्थापनले इन्जिन मर्मतमा कुनै चासो दिएको छैन। इन्जिन भाडाबाट कमिसन आइरहेका कारण अध्यक्ष अधिकारीले मर्मतमा ढिलाइ गरिरहेका छन्।

अधिकारीले फेरि अहिले वाइडबडी ३३० को नियमित सी-चेकको कम्पनी छनोटमा चलखेल गरिरहेका छन्। उनले इटालियन कम्पनीलाई ठेक्का दिन लागेका थिए। तर कमिसन नमिलेपछि फेरि टर्किसलाई सीचेकको जिम्मा दिने खेलमा लागेका छन्।  

कम्पनी छनोटमा लापरबाही र ढिलासुस्ती भएका कारण वाइडबडी जुन २५ बाट ग्राउन्डेड हुँदै छ। कार्यकारी अध्यक्ष अधिकारी कमिसनको चक्करमा लाग्दा निगमको व्यापार र बजार हिस्सा घटेको घट्यै छ। 

मर्मत कहिले हुन्छ भनेर यकिन नभएको इन्जिनको 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई)ले ६.७ मिलियन अर्थात ६७ लाख डलर मर्मत लागत अनुमानसहितको विवरण भने पठाइसकेको थियो।

यसअघि सेप्टेम्बरमा मर्मतका लागि छोडिएको इन्जिन मर्मतको लागत ५१ लाख डलर पठाइएको थियो। तर मर्मतपछिको बिल भने ७७ लाख डलर पठाएको छ। उक्त रकमको विषयमा अहिले पनि अध्ययन भइरहेको छ।


प्रकाशित : बिहीबार , जेठ २४ २०८१०५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend