शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

बुटवलको सिद्धबाबा चस्मा पसलमा कामना सेवा विकास बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

बुधबार, जेठ २३ २०८१
बुटवलको सिद्धबाबा चस्मा पसलमा कामना सेवा विकास बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।

काठमाडौं- कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलमा रहेको जय सिद्धबाबा चस्मा पसलसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवासुविधामध्ये ब्राण्डेड चस्मामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन्। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिने बैंकको विश्वास छ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ।


प्रकाशित : बुधबार, जेठ २३ २०८११७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend