शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

लगातार उतारचढावमा रहेको सेयर बजार फेरि घट्यो, ३ अर्ब ९९ करोडको कारोबार

बुधबार, जेठ २३ २०८१
लगातार उतारचढावमा रहेको सेयर बजार फेरि घट्यो, ३ अर्ब ९९ करोडको कारोबार

काठमाडौं- सेयर बजार निरन्तर उतारचढावमा देखिएको छ। गएको साता कमजोर देखिएको सेयर बजारमा यो साता आइतबार सुधारको संकेत देखिए पनि त्यसयता नै लगातार तलमाथि सामान्य अंकको उतारचढावमा देखिएको छ।    

सेयर बजार गएको साता नै धरमर हुँदै ६१.९१ अंकले घटेको थियो। यो साता पहिलो कारोबारमा आइतबार १३.५१ अंकले बढेको बजार सोमबार ३.९७ अंकले घटेको थियो। मंगलबार ६.२२ अंकले बढेर बजार २०८५.३० बिन्दुमा पुगेको थियो।

बुधबार ५.५८ अंकले घटेर बजार २०७९.७१ बिन्दुमा झरेको छ। ८३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ। १५८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिइरहँदा आम लगानीकर्ता वृद्धितर्फको आशमा रहे पनि बजार बलियो सुधारतर्फ जान सकेको छैन। लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहँदा स्थायी सुधारको आधार स्पष्ट देखिँदैन। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहँदा संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन।

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले सुधारतर्फको संकेत गरे पनि त्यो निरन्तर हुन सकेको छैन। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू रहेका छन्।


प्रकाशित : बुधबार, जेठ २३ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend