शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

महालक्ष्मी विकास बैंकद्वारा हरित पर्यावरणीय योजनाको निरन्तरता

बुधबार, जेठ २३ २०८१
महालक्ष्मी विकास बैंकद्वारा हरित पर्यावरणीय योजनाको निरन्तरता

यस्ता कार्यक्रमहरुले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवर्द्धन तथा दिगो विकासमा टेवा पुर्‍याउने विश्वास बैंकको छ।

काठमाडौं- महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता दिएको छ।

बैंकले आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेठ महिना तथा ३०औँ वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणमैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ।

सोहीअनुरुप बैंकले दुईवटा विद्युतीय गाडी प्रयोगमा ल्याइसकेको छ। साथै हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरुमा क्रमश विद्युतीय गाडीहरुको प्रयोग बढाउँदै जाने बैंकले जनाएको छ।

यस्ता कार्यक्रमहरुले राष्ट्रको पर्यावरण संरक्षण, नवीन ऊर्जा प्रवर्द्धन तथा दिगो विकासमा टेवा पुर्‍याउने विश्वास बैंकको छ।

बैंकले ३०औँ वार्षिकोत्सवको अवसर पारेर जेठ २२ गते मंगलबारदेखि २५ गते बिहीबार तिनदिनसम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२४’ (श्रृङ्खला ३) ललितपुरको इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ।

उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका छन्।

देशभर १ सय ३ शाखा कार्यालयहरुमार्फत महालक्ष्मी बैंकले ७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : बुधबार, जेठ २३ २०८११४:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend