शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पारामाउन्ट मोटर्स र नबिल बैंकबीच सम्झौता, विलिङको विङगो ईभी किन्नेले सहजै कर्जा पाउने

बुधबार, जेठ २३ २०८१
पारामाउन्ट मोटर्स र नबिल बैंकबीच सम्झौता, विलिङको विङगो ईभी किन्नेले सहजै कर्जा पाउने

पारामाउन्ट मोटर्सले जेठ ६ गते विङगो ईभी सार्वजनिक गरेको हो। विलिङ विङगो ईभीको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

काठमाडौं- विलिङ विङगो ह्याचब्याक ईभी किन्ने ग्राहकले नबिल बैंकबाट सहज ऋण लिन सक्ने भएका छन्।

बैंक र पारामाउन्ट मोटर्सबीच भएको सम्झौताअनुसार गाडी किन्न बैंकले ५ वर्षसम्म परिवर्तन नहुनेगरी ९.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने भएको हो।

त्यसैगरी गाडी किन्ने मासिले ७ वर्षे अवधिको अपरिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा १०.४९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन्। साथै परिवर्तन हुने ब्याजदरमा रहेर कर्जा लिने ग्राहकले बैंकको बेस रेटमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम तिर्नेगरी कर्जा लिन सक्नेछन्।

यसका लागि विलिङको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स र नबिल बैंकबीच सम्झौता भएको हो। 

विङगो कारमा ब्यक्तिगत कर्जा लिँदा ८० प्रतिशतसम्म र फर्म वा कम्पनीको लागि ७० प्रतिशतसम्म ब्याजदर लाग्ने कम्पनीले जनाएको छ। बैंक र आयातकर्ता कम्पनीबीचको सम्झौताले विङगो ह्याचब्याक कार किन्ने ग्राहकले सहजै कर्जा सुविधा पाउने अवस्था बनेको हो।

विलिङ विङगो सिंगल चार्जमा ३ सय ३० किलोमिटर सीएलटीसी रेन्ज प्रमाणित भएको कार हो। निकै क्लासिकल डिजाइनमा तयार भएको कारमा थुप्रै आधुनिक फिचरहरु पाउन सकिन्छ।

पारामाउन्ट मोटर्सले जेठ ६ गते विङगो ईभी सार्वजनिक गरेको हो। विलिङ विङगो ईभीको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। आकर्षक मूल्यमा आएको विङगो विभिन्न तीन कलरमा उपलब्ध छ।

यो ईभीमा ३१‍९ किलोवाट आवरको लिथियम ब्याट्री प्याक रहेको छ। ५० किलोवाट पिकपावर मोटर भएको यो कारले एकपटक फुल चार्जमा ३ सय ३० किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ। 

सो विद्युतीय मोटरले ६७ पीएस पावर र १ सय ५० एनएम टर्क जेनेरेट गर्छ। कारको टप स्पीड १ सय २० किलोमिटर प्रतिघण्टा रहेको छ।

विलिङ विङगो एसी चार्जरको साहयतामा ५‍५ घण्टामा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। विङगो फ्रन्ट ह्वील ड्राइभ अप्सन कार हो। 

विङगो रेट्रो क्लासिक डिवाइनमा आधारित कार हो। डुअल टोन फिनिसिङका साथ क्लासिक लुक्स दिइएको विङगोमा एलईडी लाइट रहेको छ।

कारमा १०‍२५ इन्चको दुईवटा डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, सेरामिक ग्लेज इन्टेरियर, डुअल फ्रन्ट एयरब्याग, अटोमेटिक होल्डसहितको इलेक्ट्रोनिक पार्किङ, एबीएस, ईबीडी, ईएसी र क्रुज कन्ट्रोललगायत विशेषता उपलब्ध रहेको छ। 


प्रकाशित : बुधबार, जेठ २३ २०८११२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend