शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, बुधबार प्रतितोला पाँचसय रूपैयाँले घट्यो

बुधबार, जेठ २३ २०८१
उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, बुधबार प्रतितोला पाँचसय रूपैयाँले घट्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ३५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

मंगलबार प्रतितोला एक हजार सातसय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य बुधबार तोलामा पाँचसय रूपैयाँले घटेर प्रतितोला एक लाख ४२ हजार दुईसय रूपैयाँ कायम रहेको छ।

बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँचसय रूपैयाँमा कारोबार भइरहेको छ।

गएको साता शुक्रबार हालसम्मकै उच्च प्रतितोला एक लाख ४२ हजार दुईसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता लगातार दुईदिनको गिरावटपछि मंगलबार पुन: कीर्तिमानी बिन्दुमा पुगेको थियो।

यो साता आइतबार सुनको मूल्य प्रतितोला दुईसय र सोमबार प्रतितोला एक हजार रूपैयाँले घटेको थियो भने मंगलबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ४२ हजार सातसय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य बुधबार प्रतितोला ३५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय २५ रूपैयाँ तोकिएको छ।

यो साता सोमबार प्रतितोला १५ रूपैयाँले घटेको चाँदीको मूल्य मंगलबार प्रतितोला २५ रूपैयाँले बढेको थियो।


प्रकाशित : बुधबार, जेठ २३ २०८११०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend