शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

हार्नेस जिपलाइन र गेटवे हिमालय रिसोर्टमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

मंगलबार, जेठ २२ २०८१
हार्नेस जिपलाइन र गेटवे हिमालय रिसोर्टमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

गेट वे हिमालय रिसोर्ट प्रालिमा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने सक्नेछन्।

काठमाडौं- प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले हार्नेस जिपलाइन र गेटवे हिमालय रिसोर्टमा छुट पाउने भएका छन्।

कुश्मामा अवस्थित हार्नेस जिपलाइन र बेँसीसहरस्थित गेटवे हिमालय रिसोर्ट प्रालिले प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकलाई त्यहाँका सेवामा विशेष छुट उपलब्ध गराउने गरी सम्झौता भएको हो।

एक समारोहका बीच हार्नेसका प्रबन्ध निर्देशक शुनिल थापा, गेट वेका सञ्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंकका गण्डकी प्रदेशका प्रमुख अधिकृत राजु राना मगरले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा र्‍याफ्टिङलगायतका सेवाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस्तै गेट वे हिमालय रिसोर्ट प्रालिमा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रभु बैंकका नेपालभर ३ सय २ शाखा कार्यलयहरु, २ सय ८५ एटीयम साथै ७० भन्दा बढी एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ।


प्रकाशित : मंगलबार, जेठ २२ २०८११७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend