शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

प्रभु बैंक र स्वीस कन्ट्याक्टबीच सम्झौता

मंगलबार, जेठ २२ २०८१
प्रभु बैंक र स्वीस कन्ट्याक्टबीच सम्झौता

सम्झौताअनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने इच्छा भएका कृषकहरुलाई प्रभु बैंकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै वित्तीय साक्षरता/व्यवसायिक साक्षरता सहजरुपमा उपलब्ध हुनेछ।

काठमाडौं- प्रभु बैंक लिमिटेड र स्वीस कन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) फेज आईआईबीच कोशी प्रदेशका किसानलाई सहयोग पुर्‍याउनेगरी सम्झौता भएको छ।

कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायिक विकासमा सहयोग गर्ने गरी स्वीस कन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने 'ग्रोइङ टुगेदर : ए सस्टेनेबल एग्रिकल्चर इनिसिएटिभ फर कोशी प्रोभियन्स' नामक परियोजनाका लागि दुई संस्थाबीच सम्झौता भएको हो।

उक्त सम्झौता पत्रमा स्वीस कन्ट्याक्टका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

सम्झौताअनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने इच्छा भएका कृषकहरुलाई प्रभु बैंकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै वित्तीय साक्षरता/व्यवसायिक साक्षरता सहजरुपमा उपलब्ध हुनेछ।

प्रकाशित : मंगलबार, जेठ २२ २०८१११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend